शुक्रबार, फागुन २२, २०८२

ट्रम्पकी छोरीसँग छानबिन समितिले लियो ८ घण्टा बयान

गत वर्ष जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको दंगाका विषयमा अध्ययन गर्न गठित छानबिन समितिले इभान्का ट्रम्पसँग करिब ८ घण्टा बयान लिएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

वासिंटन- गत वर्ष जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको दंगाका विषयमा अध्ययन गर्न गठित छानबिन समितिले इभान्का ट्रम्पसँग करिब ८ घण्टा बयान लिएको छ। अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का त्यसबेला राष्ट्रपति कार्यालयमा सल्लाहकार भएकाले उनीसँग बयान लिइएको समितले जानकारी दिएको छ। 

बयानका क्रममा इभान्कासँग बाबु डोनाल्डका गतिविधिका विषयमा सोधपुछ गरिएको थियो। इभान्काले उक्त हंगामा नमच्चाउन राष्ट्रपति ट्रम्पलाई सुझाव दिएको र त्यसको विपक्षमा रहेको बताइँदै आएको छ। 

यसअघि उनका पति जारेद कुस्नरसँग छानबिन समितिले बयान लिएको थिएको थियो। यसको केही दिनपछि नै उनकी पत्नी इभान्कासँग पनि बयान लिएको हो। कुस्नर पनि ह्वाइटहाउसमा सल्लाहकार थिए। 

यसअघि बयान लिइएका व्यक्तिहरूले कतिपय विषयमा 'मौन' रहेका थिए। तर इभान्काले भने सबै विषयको उत्तर दिएको समितिका सदस्यले बताए। यद्यपि उनलाई मौन बस्न सक्ने सुविधा दिइएको थियो। 

'उनले प्रश्नहरूको उत्तर दिएकी छन्,' समितिका बेन्नी थोम्सनले भने। इभान्काले दिएको बयान भने गोप्य राखिएको छ।

kumari

समितिले जनवरी ६ मा भएको ह्वाइटहाउस गतिविधिको रेकर्ड समेत मगाएको छ। तर बीबीसीले प्राप्त गरेको डकुमेन्टमा ७ घण्टाभन्दा बढी समय राष्ट्रपति ट्रम्पको कसैसँग पनि संवाद नभएको देखिएको बताइएको छ। 

समितिले हालसम्म ८ सयभन्दा बढीसँग सोधपुछ गरिसकेको छ। आगामी मे महिनामा यसलाई सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

गत निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजय भोगेपछि रिपब्लिन पार्टीका करिब २५ सय समर्थकले संसद भवन क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए।  ट्रम्पको कार्यकाल गत वर्ष जनवरी २० मा सकिएको थियो। 


प्रकाशित: Apr 06, 2022| 21:41 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।