शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउनेछ इरानी आणविक प्रमुखले बुधबार बताएका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

भियना- भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउनेछ इरानी आणविक प्रमुखले बुधबार बताएका छन्। 

सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतामा औपचारिक रूपमा आणविक हतियार घटाउने संयुक्त कार्ययोजना (जेसीपीओए) मा इरानको यूरेनियम उत्पादन क्षमतालाई कति गर्ने भनी सीमा निर्धारण गरिएको छ। भियना वार्ता सम्झौतामा परिणत भएमा उक्त सम्झौता लागू हुनेछ। 

इरानको परमाणु ऊर्जा संगठन (एईओआई) का अध्यक्ष मोहम्मद एस्लामीले इरानको अरबी भाषा टिभी नेटवर्क अल आलमसँगको अन्तरवार्तामा भने, 'सम्झौता लाई अन्तिम रुप दिइयो भने कुनै पनि नयाँ निर्णय गरिने छैन, हामी विगतमा जस्तै सहमतिलाई निरन्तरता दिनेछौं।' 

इरानले जुलाई २०१५ मा विश्वशक्तिहरुसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे महिनामा वासिङ्टनलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाउने बताउनुभएपछि इरानले पनि बिस्तारै सम्झौताका सीमालाई उल्लङ्घन गरेको थियो।

पछिल्लो समय इरानले यूरेनियम प्रशोधन केन्द्रलाई बढाएको छ। सन् २०२१ को अप्रिलदेखि इरान र जेसीपीओए बाँकी पक्षहरू अर्थात् चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच भियनामा आठ चरणमा वार्ता भएको छ।   विगत हप्ताहरूमा, भियनाको रिपोर्टले वार्ताकर्ता नयाँ सम्झौताको ‘नजिक’ पुगेको बताएका छन्। 

kumari

तर केही प्रमुख मुद्दाहरू ती पक्षहरूबीचको ‘राजनीतिक निर्णय’ भएको भन्दै समाधान गर्न विचाराधीन रहने बताइएको छ। 

प्रकाशित: Apr 07, 2022| 05:00 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।