शुक्रबार, फागुन २२, २०८२

ओमिक्रोन एक्सई भेरिएन्ट भएका भारतीयको अवस्था सामान्य

कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

नयाँ दिल्ली- कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटील समस्या नदेखिएको चिकित्सकले बताएका छन्। 

अधिकारीका अनुसार मुम्बईबाट आएका २३० नमूनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन्। त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ।

अधिकारीले भने, 'यो भाइरसको नयाँ किटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन।'

ओमिक्रोनको बीए–टु प्रजातीभन्दा एक्सई १० प्रतिशत बढी सङ्क्रमण हुनसक्ने देखिएको छ। अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ।

kumari

प्रकाशित: Apr 07, 2022| 05:30 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।