सोमबार, वैशाख १४, २०८३

रुसी सेनाले बलात्कार गरेको भन्दै २५ महिलाहरुको उजुरी

रुसी सेनाले युक्रेनको दक्षिणी सहर बुचामा आफूहरुलाई बलात्कार गरेको भन्दै २५ जना महिला र किशोरीहरुले उजुरी दिएको एक उच्च युक्रेनी अधिकारीले जनाएका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

किभ- रुसी सेनाले युक्रेनको दक्षिणी सहर बुचामा आफूहरुलाई बलात्कार गरेको भन्दै २५ जना महिला र किशोरीहरुले उजुरी दिएको एक उच्च युक्रेनी अधिकारीले जनाएका छन्। 

National life

युक्रेनी संसद्‌को मानवअधिकारी आयुक्त ल्युडम्याला डेनिसोभाले २५ महिला तथा किशोरीहरुले उजुरी दिएको बताएकी छन्। बीबीसीका अनुसार रुसी सेनाबाट बलात्कृत हुनेहरुमा १४ देखि २४ वर्षसम्मका रहेका छन्। 

उनले भनिन्,'रुसी सेनाले नरसंहार गरेको प्रमाण युक्रेनी नागरिकसँग छ। बलात्कारलाई नयाँ हतियारको रुपमा प्रयोग गर्दै रुसी सेनाले सैन्य अपराध गरेको छ।' 

उनले विगत एक महिनाभन्दा बढी समयदेखि रुसी सेनाले बलात्कार र हत्याका श्रृंखलाहरु सुरु गरेको र त्यस भयानक अपारधको प्रमाण आफूहरुले राखेको बताएकी छन्। 

तर, रुसले भने बुचामा कुनै नरसंहार नगरेको र युक्रेनले फर्जी प्रचार गरेको भन्दै खण्डन गरेको छ। यसअघि युक्रेनको बुचा सहरमा तीन सयभन्दा बढी मानिसहरुको सामूहिक चिहान फेला परेको बीबीसीले जनाएको थियो। रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ।

kumari


प्रकाशित: Apr 06, 2022| 19:55 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।