शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाटोले भन्‍यो- पुटिनले युक्रने कब्जा गर्ने लक्ष्य परिवर्तन गर्ने कुनै संकेत छैन

नाटोले भन्‍यो- पुटिनले युक्रने कब्जा गर्ने लक्ष्य परिवर्तन गर्ने कुनै संकेत छैन

युक्रेनमाथि २४ फेब्रुअरीदेखि लगातार आक्रमण गरिरहेको रुसका राष्ट्रपति भलादिमीर पुटिनले आफ्नो लक्ष्य परिवर्तन गर्ने कुनै संकेत नदेखिएको नाटोले जनाएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

किभ- युक्रेनमाथि २४ फेब्रुअरीदेखि लगातार आक्रमण गरिरहेको रुसका राष्ट्रपति भलादिमीर पुटिनले आफ्नो लक्ष्य परिवर्तन गर्ने कुनै संकेत नदेखिएको नाटोले जनाएको छ। 

नाटोका सेक्रेटरी जनरल जेन्स स्टोल्टेबर्गले ब्रसेल्समा सुरक्षा गठबन्धन राष्ट्रका विदेशमन्त्रीहरुको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनको महत्वाकांक्षा परिवर्तन हुने कुनै संकेत नदेखिएको बताएका हुन्। 

उनले भने, 'राष्ट्रपति पुटिनले सिंगो युक्रेनलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन। पुटिनले अन्तर्राष्ट्रिय व्यवस्थालाई नै परिवर्तन गर्न चाहेका छन्।' 

उनले नाटोले युक्रेनलाई सहयोग गर्नुपर्ने र रुसमाथि प्रतिबन्ध यथावत राख्दै रक्षा प्रणालीला थप मजबुत बनाउनुपर्ने बताएका छन्। उनले युद्ध लामो समय चल्‍ने देखिएकोले त्यसका लागि तयारी गर्नुपर्ने समेत बताएका हुन्। 

यता युक्रेनी राष्ट्रपतिले आइरल्यान्डको संसद्लाई सम्बोधन गर्दै आइरल्यान्डले रुसले गरेको विध्वंशमा स्वतन्त्र बस्‍न नहुने बताएका हुन्। उनले ईयूका सदस्य राष्ट्रहरुलाई रुसमाथि थप प्रतिबन्ध बढाउन आयरल्यान्डले कन्भिन्स गर्नुपर्नेसमेत बताएका छन्। यसअघि मंगलबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा सम्बोधन गर्दै उनले रुसले नरसंहार गरिरहेको बताएका थिए। - बीबीसी

kumari

प्रकाशित: Apr 06, 2022| 19:22 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।