शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका, बेलायत र अष्ट्रेलिया हाइपरसोनिक मिसाइल विकास गर्न सहमत

अमेरिका, बेलायत र अष्ट्रेलिया हाइपरसोनिक मिसाइल विकास गर्न सहमत

 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

वासिङ्टन- संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्। त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग सुरु गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सेप्टेम्बर २०२१ मा अयुकुस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले सहयोगका नयाँ घोषणा गरिएको बताइएकोछ। 'साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू, र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछ,' समीक्षापछि जारी विज्ञप्तिमा भनिएको छ। 

अयुकुस अन्तर्गत संयुक्त राज्य अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने वाचा गरेका छन्। फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै  यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउँने  टिप्पणी गरेको छ। गठबन्धन स्थापना भएको केही समयपछि इन्डोनेसियाली विदेश मन्त्रालयले 'यसक्षेत्रमा जारी हतियार दौड र शक्ति प्रक्षेपणको बारेमा गहिरो चिन्ता रहेको' बताएको छ।  

यसै बीच मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले आणविक शक्तिबाट चल्ने पनडुब्बी परियोजनाले 'यस क्षेत्रमा थप आक्रामक कारबाही गर्न अन्य शक्तिहरूलाई उक्साउन सक्ने' टिप्पणी गरेका छन्।

प्रकाशित: Apr 06, 2022| 14:17 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।