शुक्रबार, फागुन २२, २०८२

फ्रान्समा बढ्दै कोरोना, एकै दिन दुई लाख संक्रमित थपिए

फ्रान्समा कोरोना संक्रमित तीब्र बन्दै गएको छ। त्यहाँ दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिरहेका छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- फ्रान्समा कोरोना संक्रमित तीब्र बन्दै गएको छ। त्यहाँ दैनिक दुई लाखको हाराहारीमा संक्रमित थपिरहेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै फ्रान्समा दुई लाख तीन हजार २१ जना नयाँ संक्रमित थपिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गर्दा फ्रान्समा संक्रमण तीब्र बन्दै गइरहेको हो।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने छ। स्वास्थ्य अधिकारीका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना संक्रमित अस्पतालमा उपचाररत छन्। तीमध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाका कारण कम्तीमा १४० जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 06, 2022| 12:51 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।