शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

श्रीलंकामा आपत्‍कालीन स्वास्थ्य अवस्था घोषणा

देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ।
 |  बुधबार, चैत २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

कोलम्बो- श्रीलंकामा औषधिको चरम अभावका कारण मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ।

himalayan bank box

जीएमओए सेक्रेटरी डा. सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन्। बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ।

श्रीलंकाको अखबारले वर्तमान आर्थिक संकट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ। यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो।

‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा. फर्नान्डोले भने।

त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ। शनिबार श्रीलंकाले देशलाई समातेको आर्थिक संकटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ।

Metro Mart
vianet

श्रीलंकाका राष्ट्रपतिले शुक्रबार (सार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाको) सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।   एएनआई

प्रकाशित: Apr 06, 2022| 09:05 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।