शुक्रबार, फागुन २२, २०८२

चीनको सांघाइमा अहिलेसम्मकै कडा निषेधाज्ञा जारी

सांघाइमा कोभिड–१९ संक्रमितहरूको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- चीनले सांघाइमा जारी निषेधाज्ञालाई थप बिस्तार गरी शहरको दुई करोड पचास लाख जनसंख्या लागु गरेको छ।​ सांघाइमा कोभिड–१९ संक्रमितहरूको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो। 

सांघाईमा देखिएको कोभिड–१९ संक्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो। सांघाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो।

महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोना भाइरस संक्रमणको नयाँ लहरसँग संघर्षरत छ।

अधिकारीहरूले कोरोना भाइरसको संक्रमण दर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन्। सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन्।

सांघाईले यति बेला क्वारन्टीन नीतिलाई लागु गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ।

kumari

यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समय चीनले शून्य–कोभिड रणनीतिलाई अगाडी सारेको हो। 

सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना संकलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार व्यक्तिमा कोभिड संक्रमण देखिएको हो। 

समस्या समाधानका लागि कम्तीमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट सांघाई खटाइएको बीबीसीले जनाएको छ। सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन्।  एएफपी

प्रकाशित: Apr 06, 2022| 08:50 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।