शुक्रबार, फागुन २२, २०८२

चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

तेहरान- इरानी मुस्लिम धर्मगुरुलाई एक आक्रमणकारीले मंगलबार एक छुरा प्रहार गरी हत्या गरेको छ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको यहाँको प्रहरीले बताएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलिभिजनले उल्लेख गरेको छ।

इरानी टेलीभिजनसँग कुरा गर्दै खोरासन रजावी प्रान्तका गभर्नर याग्होब(अली नाजारीले एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको बताए।

घटनामा अरु दुई जना घाइते भएका छन्। उनका अनुसार आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।  एएफपी

प्रकाशित: Apr 06, 2022| 07:00 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।