बुधबार, पुस ३०, २०८२

सांघाइमा दुई करोड ५० लाख जनसंख्या कडा निषेधाज्ञामा

चीनको सांघाइमा कोरोना संक्रमण दर तीब्र बनेको छ। कोरोना तीब्र बनेपछि चिनियाँ अधिकारीहरूले सांघाइमा जारी निषेधाज्ञालाई दुई करोड पचास लाख जनसंख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।
 |  बुधबार, चैत २३, २०७८

बीबीसी

बीबीसी

बुधबार, चैत २३, २०७८

काठमाडौं- चीनको सांघाइमा कोरोना संक्रमण दर तीब्र बनेको छ। कोरोना तीब्र बनेपछि चिनियाँ अधिकारीहरूले सांघाइमा जारी निषेधाज्ञालाई दुई करोड पचास लाख जनसंख्यामा लागु हुने गरी बिस्तार गरेका छन्।

National life

सांघाइको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। सांघाइ हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो।

सांघाइतमा एक महिना यता कोरोना संक्रमण तीब्र बन्दै गइरहेको छ। हाल दिनहुँ १३ हजारभन्दा बढी संक्रमित थपिने गरेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कडा निषेधाज्ञाका कारण कोही पनि आफ्नो घर बाहिर निस्कन पाउने छैनन्। उनीहरूलाई अत्यावश्यक सामग्री जोहो गर्न समेत बन्देज लगाइएको छ।

स्थानीय बासिन्दाहरूले अनलाइनमार्फत खाद्यान्न र पानी मगाउन समेत कठिनाइ भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

निषेधाज्ञामा उनीहरूले आफ्नो आवश्यकता अनुरूप सामान कहिले माग गर्ने भन्नेमा पनि कडाइ गरिएको छ।

अहिले सांघाइमा महामारी रोकथाम तथा नियन्त्रण गर्न निकै नै कठिन भइरहेको महानगरीय स्वास्थ्य आयोगका अधिकारी हु क्वेन्सीले बताए। उनले कोरोनालाई परास्त गर्न सबैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताएका छन्।

सोमबार मात्रै सांघाइमामा १३ हजार ८६ जनामा लक्षणसहितको कोरोना पुष्टि भएको छ।

प्रकाशित: Apr 06, 2022| 06:50 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।