शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, भने- रुसले नरसंहार गरिरहेको छ

राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, भने- रुसले नरसंहार गरिरहेको छ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा सम्बोधन गरेका छन्। नेपाली सयमअनुसार मंगलबार साँझ उनले सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा सम्बोधन गरेका छन्। नेपाली सयमअनुसार मंगलबार साँझ उनले सुरक्षा परिषद्लाई सम्बोधन गरेका हुन्। 

सुरक्षा परिषद्‍मा सम्बोधन गर्दै जेलेन्सकीले आफूले रुसको आक्रमणबाट समस्यामा परेका नागरिकहरूको तर्फबाट सम्बोधन गरेको बताएका छन्। 

रुसी सेनाले साधारण नागरिकमाथि अत्याचार गरेको उनले बताएका थिए। उनीहरूले महिलामाथि बलात्कार समेत गरेको बताएका थिए। 

बुचा सहरको भ्रमणका क्रममा आफूले सर्वसाधारण नागरिक मारिएको देखेको उनले बताएका थिए। रुसले नरसंहारसमेत गरेको उनको आरोप छ। अरुलाई यातना दिएर रमाइलो लिनका लागि रुसले आफ्नो पक्षका सेनाको हत्यासमेत गरेको उनको भनाइ छ।

बुचामा रुसी सेनाले कुनै पनि अपराध गर्न बाँकी नराखेको उनले बताएका थिए। उनले रुसलाई आतकंकारीको भएको आरोप लगाए। आफ्नो देशमा सुरक्षा चाहिएको भन्दै सुरक्षा परिषद्ले त्यसको प्रत्याभुति गर्नुपर्ने उनको माग छ। सुरक्षा परिषद्मा उनले 'सुरक्षा कहाँ छ' भन्दै प्रश्नसमेत उठाए। 

kumari

रुसले युक्रेनमाथि आक्रमण गरेफछि जेलेन्स्कीले पहिलो पटक परिषद्‍मा सम्बोधन गरेका हुन्। 

प्रकाशित: Apr 05, 2022| 20:38 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।