शुक्रबार, फागुन २२, २०८२

उत्तर कोरियाद्वारा आणविक प्रतिशोधको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले तीन दिनभित्र दोस्रो पटक ‘आणविक प्रतिशोध’को चेतावनी दिएकी छिन्।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

kumari

काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले तीन दिनभित्र दोस्रो पटक ‘आणविक प्रतिशोध’को चेतावनी दिएकी छिन्। दक्षिणी छिमेकी राष्ट्रले आफ्नो ‘प्रतिरक्षात्मक कारवाही’का क्षमतामा प्रश्न गरेपछि उनले यस्तो धम्की दिएकी हुन्।

मंगलबार उत्तर कोरियाली सञ्चारमाध्यममा प्रकाशित भनाइअनुसार किम यो जङले दक्षिण कोरियाली रक्षामन्त्री सु वुकको ‘प्रतिरक्षात्मक कारवाही’ बारेको टिप्पणीलाई ‘काल्पनिक दिवास्वप्न’ र ‘पागलको उन्माद’ भनेकी छन्। सुले गत शुक्रबार उत्तरबाट क्षेप्यास्त्र प्रक्षेपणको कुनै पनि संकेत देखिएमा उत्तर कोरियाको जुनसुकै स्थानमा पनि सटिक प्रहार गर्नसक्ने क्षेप्यास्त्र आफूसँग भएको दाबी गरेका थिए।

सोहि विषयमा बोल्दै किम यो जङले कोरियाली क्षेत्रमा कुनै युद्ध नचाहेको तर दक्षिणी छिमेकीले अन्य विकल्प नछाडे आफूले आणविक प्रतिशोध रोज्न बाध्य हुने बताएकी  हुन्।


प्रकाशित: Apr 05, 2022| 11:38 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।