आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीद्वारा युक्रेनलाई 'मर्डर इन्फन्ट्री फाइटिङ भेइकल' प्रदान गर्न अस्वीकार

जर्मनीद्वारा युक्रेनलाई 'मर्डर इन्फन्ट्री फाइटिङ भेइकल' प्रदान गर्न अस्वीकार

रक्षा स्रोतलाई उद्धृत गर्दै जर्मन मिडिया वेल्टले समाचार प्रकाशित गरेको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

बर्लिन- बर्लिनले युक्रेनलाई एक सय मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल उपलब्ध गराउने किभको अनुरोधलाई अस्वीकार गरेको छ। रक्षा स्रोतलाई उद्धृत गर्दै जर्मन मिडिया वेल्टले समाचार प्रकाशित गरेको छ।

गत बुधबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई एक सय मार्डर प्रकारको सवारीसाधन र अन्य भारी हतियारहरूका लागि पत्र पठाएको थियो। किभका स्रोतहरूले बेल्टलाई जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्।

यसअघि जर्मन रक्षा मन्त्रालयले बेल्टलाई किभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारीसाधनहरू नाटो प्रतिबद्धताहरूमा संलग्न रहेको जनाएको थियो।    एएनआई

प्रकाशित: Apr 05, 2022| 09:45 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।