शुक्रबार, फागुन २२, २०८२

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

श्रीलंकाको केन्द्रीय बै‌कका गभर्नर अजित निर्बाद कबरालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पदबाट राजीनामा दिएका हुन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- श्रीलंकाको केन्द्रीय बै‌कका गभर्नर अजित निर्बाद कबरालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पदबाट राजीनामा दिएका हुन्।

सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएको भोली पल्ट गभर्नर कबरालको पनि राजीनामा आएको हो। उनले सबै मन्त्रीहरूले राजीनामा दिएको भोलीपल्ट आफूले पनि आज राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले आइतबार बेलुकी राजीनामा दिएका थिए। 

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्। 

प्रकाशित: Apr 04, 2022| 13:17 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।