शुक्रबार, फागुन २२, २०८२

बुचा सहरको दृष्यले राष्ट्रसंघ महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसले युक्रेनी राजधानी नजिकैको बुचा सहरबाट आएका मृतकका तस्विरहरु देखेर आफू पूर्ण रुपमा स्तब्ध भएको बताएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसले युक्रेनी राजधानी नजिकैको बुचा सहरबाट आएका मृतकका तस्विरहरु देखेर आफू पूर्ण रुपमा स्तब्ध भएको बताएका छन्। रुसी सेनाले उक्त क्षेत्र खालि गरेसँगै त्यहाँबाट अहिलेसम्म ४०० बढि सर्वसाधारणको शव निकालिएको छ।

रुसी रक्षा मन्त्रालयले भने बुचा क्षेत्रमा रुसी सेनाले सर्वसाधाराणको हत्या नगरेको अडान पेश गरेको छ। सोही विषयलाई लिएर राष्ट्रसंघका महासचिव गुटेरसले ‘स्वतन्त्र छानवीनकबो’ आह्वान गरेका छन्।

बुचामा भएको ‘नरसंहार’ जस्तै रुसी सेनाको नियन्त्रणमा भएका अन्य क्षेत्रमा पनि ‘व्यापक सर्वसाधाराणको हत्या’ भएको हुनसक्ने बेलायति रक्षा तथा ‘सेक्यूरिटी थिंक ट्यांक’ रुसिका ज्याक वाट्लिङले बीबीसी रेडियोको एक कार्यक्रममा बताए।

कीभ नजिकैको सहर बुचामा बाटाभरि छरपस्ट भएका सर्वसाधाराणको शव फेलापरेपछि युक्रेनद्वारा रुसमाथि ‘सुनियोजित नरसंहार’को आरोप लगाएको हो।


प्रकाशित: Apr 04, 2022| 13:07 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।