सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पत्रकार सिद्दीकीको हत्या आरोपमा ६ तालिवान नेताविरुद्ध आईसीसीमा मुद्दा

पत्रकार सिद्दीकीको हत्या आरोपमा ६ तालिवान नेताविरुद्ध आईसीसीमा मुद्दा

भारतीय फोटोपत्रकार डेनिस सिद्दीकीका बुवाआमाले आफ्नो छोरालाई तालिवानले हत्या गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुगेका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

भारतीय फोटोपत्रकार डेनिस सिद्दीकीका बुवाआमाले आफ्नो छोरालाई तालिवानले हत्या गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुगेका छन्। अफगानिस्तानबाट रिपोर्टिङ गरिरहेका ३८ वर्षीय रोयटर्स पत्रकार सिद्दीकीका बुबाआमाले तालिवानका ६ नेताविरुद्ध मुद्दा लिएर मार्च २३ मा आईसीसी पुगेका हुन्। 

National life

तालिवानले डेनिसलाई हिरासतमा लिएर यातना दिएको, हत्या गरेको र उनको शवलाई टुक्राटुक्रा पारी बिभत्स हत्या गरेको आरोप लगाइएको छ। 

'हाम्रो छोरा डेनिसलाई आफ्नो पत्रकारिताको कर्तव्य पूरा गरेकै कारण हत्या गरियो,' डेनिसकी आमा साहिदा अख्तरले भनेकी छन्। 'हाम्रो छोरो फर्केर नआए पनि न्याय पाउने आशले हाम्रो पीडा अवश्य कम हुनेछ,' डेनिसका बुवा प्राध्यापक अख्तर सिद्दीकीले भने।

प्रारम्भिक रिपोर्ट अनुसार डेनिसको मृत्यु कान्दाहारमा भएको ‘क्रस फायर’मा भएको थियो। तर पछि रोयटर्सले उनी ‘क्रस फायर’पछि पनि जीवितै रहेको र नजिकैको मस्जिदमा ‘उपचार’ गर्न लगिएको रिपोर्ट सार्वजनिक गरेको थियो। मस्जिदमा लगिएपछि डेनिससँग के भयो भन्ने कुराको आधिकारिक खुलासा हुन सकेको छैन।

भारतीय तथा अफगानी सुरक्षा अधिकारीहरुले पनि डेनिसको मृत्युपछि तालिवानको हिरासतमै उनको शवको विच्छेदन गरिएको रोयटर्सलाई बताएका थिए। 

kumari

तालिवानले भने सो कुराको अस्वीकार गर्दै आएको छ। तालिवानका अनुसार उनीहरुले शव फेला पार्नु अगावै शव विच्छेदन गरिएको थियो।

'तालिवानले डेनिसको हत्या गरे। डेनिस एक पत्रकार थिए। डेनिसको हत्या अन्तर्राष्ट्रिय अपराध हो,' डेनिसका बुबाआमाका वकिल अभि सिंहले भने।

हत्यापछि डेनिसको शरीरमाथि भारी गाडी चलाएर शवलाई क्षतविक्षत पारिएको आरोप लगाइएको छ। 

डेनिसले रोयटर्सका लागि एक दशकभन्दा बढी काम गरेका थिए। उनका तस्विरहरुले विश्वव्यापी प्रशंसा पाएका थिए।

सन् २०१८ मा डेनिसले ‘फिचर फोटोग्राफी’का लागि प्रशिद्ध ‘पुलिजर’ पुरस्कार जितेका थिए। ‘पुलिजर’ पुरस्कार अमेरिकी पत्रकारिता, साहित्य, संगितमा उल्लेखिय भूमिका निभाउने व्यक्तित्वलाई दिइने पुरस्कार हो। उनले सहकर्मी अदनान अविदी र अन्य पाँच जनासँग मिलेर म्यानमारका अल्पसंख्यक रोहिंग्या समुदायले सामना गर्नु परेको अत्याचारका विषयमा उनले खिचेका तस्बिरको चर्चा बढी भएको थियो।

डेनिस सन् २०२१ मा अमेरिकी सेनाले अफगानिस्तान छोडिरहँदा कान्दाहारमा भइरहेका भीडन्त खिच्दै थिए। 

प्रकाशित: Apr 04, 2022| 09:22 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।