शुक्रबार, फागुन २२, २०८२

श्रीलंकाको राजधानी कोलम्बोमा झडप

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा स्थानीय आक्रोसित बनेका छन्। अवस्थालाई नियन्त्रणमा लिन देशमा संकटकाल घोषणा गरेर कर्फ्यु जारी गरिएको छ।

तर, धेरै सहरमा जनताले कर्फ्यू उल्लंघन गरेका छन् र सडकमा उत्रिएका छन्। राजधानी कोलम्बोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही घण्टा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ। 

यस्तै क्यान्डी सहरमा प्रहरीले विद्यार्थीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। क्यान्डी सहरको विश्वविद्यालय नजिकै सयौं प्रदर्शनकारी विद्यार्थीहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो।

राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिक शुक्रबार झडप भएपछि ३६ घण्टाको कर्फ्यू लगाइएको छ। 

श्रीलंकामा सडक, पार्क र समुद्र किनारमा निस्कन प्रतिबन्ध छ। अधिकारीहरूबाट लिखित अनुमति लिएको खण्डमा मात्रै यस्ता स्थानमा जानसक्ने व्यवस्था मिलाइएको छ।

kumari

सामाजिक सञ्जाल पनि अस्थायी रूपमा अवरुद्ध गरिएको छ। जारी कर्फ्यू सोमबार साँझ ६ बजेसम्म रहनेछ।

यसैबीच प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

प्रकाशित: Apr 04, 2022| 09:10 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।