शुक्रबार, फागुन २२, २०८२

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात समूहले गोली चलाउँदा ६ जनाले ज्यान गुमाएका छन्। स्थानीय समय अनुसार आइतबार बिहान गोली चल्दा ६ जनाको मृत्यु भएको हो।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

kumari

काठमाडौं- अमेरिकाको क्यालिफोर्नियामा अज्ञात समूहले गोली चलाउँदा ६ जनाले ज्यान गुमाएका छन्। स्थानीय समय अनुसार आइतबार बिहान गोली चल्दा ६ जनाको मृत्यु भएको हो।

आक्रमणमा परी थप १२ जना घाइते भएका छन्। क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरू रहेको व्यस्त इलाकामा गोली चलेको थियो।

गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो। कसले र किन आक्रमण गरेको हो भन्ने बारे पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 04, 2022| 08:10 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।