बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंका आर्थिक संकट : २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

श्रीलंका आर्थिक संकट : २६ मन्त्रीद्वारा सामूहिक राजीनामा

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।
 |  सोमबार, चैत २१, २०७८

बीबीसी

बीबीसी

सोमबार, चैत २१, २०७८

काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

National life

प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।

चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरू आक्रोसित बन्दै गएका छन्। यसबीच सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि देशभर कर्फ्यु लगाइएको छ।

जनताले कर्फ्युकोसमेत उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ।

श्रीलंका सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटसँग जुझिरहेको छ।

Laxmi sunrise bank
kumari

विदेशी मुद्राको अभावले गर्दा श्रीलंका आर्थिक संकटमा छ। राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्।

श्रीलंकामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ। केही समयका लागि सामाजिक सञ्जालको पहुँचसमेत अवरोध गरिएको थियो।

प्रकाशित: Apr 04, 2022| 07:54 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।