शुक्रबार, फागुन २२, २०८२

संसद् भंगको सिफारिस सदर, के हुन्छ अब?

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार राष्ट्रियसभा भंग गरेका छन्।

आज नै राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद् विघटन गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

त्यसअघि राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए। 

पाकिस्तानी मिडिया डनका अनुसार त्यहाँका सूचनामन्त्री फवाद चौधरीले राष्ट्रिय सभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने बताएका छन्।

निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रिय सभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ। अब ९० दिनभित्र आम निर्वाचन गर्नु पर्नेछ। त्यसको १४ दिन नकट्ने गरी निर्वाचनको अन्तिम नतिजा घोषणा गर्नुपर्नेछ।

kumari

प्रकाशित: Apr 03, 2022| 16:11 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।