शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संसद् भंग गर्दै पाकिस्तानी प्रधानमन्त्रीले गरे चुनाव घोषणा

संसद् भंग गर्दै पाकिस्तानी प्रधानमन्त्रीले गरे चुनाव घोषणा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

kumari

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन्। आज उनले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेका हुन्।

उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशवासीका नाममा सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन्।

प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका हुन्। आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।
पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ। तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रियसभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन्। 

प्रकाशित: Apr 03, 2022| 13:40 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।