शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्र संघको प्रस्तावको विपक्षमा मतदान गर्दै रुसको पक्षमा उभियो बंगलादेश

राष्ट्र संघको प्रस्तावको विपक्षमा मतदान गर्दै रुसको पक्षमा उभियो बंगलादेश

संयुक्त राष्ट्र संघले रुसविरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बंगलादेशको आलोचना भइरहेको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं– संयुक्त राष्ट्र संघले रुसविरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बंगलादेशको आलोचना भइरहेको छ।

आलोचना बढेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले संसद्मा यसबारे प्रष्टीकरण दिएकी छन्। संयुक्त राष्ट्र संघले एकमात्र देशको विरुद्धमा प्रस्ताव ल्याएकोले विपक्षमा मतदान गर्नुपरेको उनको भनाय छ। 

शेख हसीनाले बंगलादेश र रुसबीचको मैत्रीपूर्ण सम्बन्धको पनि चर्चा गरेकी छन्। उनले भनिन्, ‘सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा अमेरिकाले बंगालादेशविरुद्ध बंगालको खाडीमा जहाज पठाएको थियो। त्यतिबेला रुस हाम्रो साथमा खडा थियो। संकटको समयमा सधैं रुस हाम्रो साथमा रह्यो। त्यसैले हामीले पनि उसको साथ दिनुपर्छ।’

राष्ट्र संघको प्रस्तावमा युद्ध रोक्ने कुरा नभई मानव अधिकारको कुरामात्र उठाइएको भन्दै हसीनाले रुसलाई लक्षित गरेर मात्र प्रस्ताव ल्याइएको जिकिर गरिन्।

प्रकाशित: Apr 03, 2022| 10:55 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।