शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ। संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुने भएको हो।

उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछन्। ३ सय ४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो। 

गठबन्धनका केही सांसद सरकारको विपक्षमा उभिएका थिए। पीटीआईकै सांसदले पनि खानविरुद्ध विद्रोह गरेका थिए। 

आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने एक दिनअघि खानले आफ्ना समर्थकलाई सडकमा उत्रिन आह्वान गरेका छन्। खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन्। 

प्रकाशित: Apr 03, 2022| 08:05 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।