सोमबार, वैशाख १४, २०८३

राजधानी किभ पूर्ण नियन्त्रणमा आएको युक्रेनको दाबी

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ। रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको हो।

National life

यद्यपि रूसले भने यो कुराको पुष्टी गरेको छैन। रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन्। रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो। 

टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधार तयार हुन थालेकाले कारबाही घटाएर सेना फिर्ता गर्न थालेको बताइएको छ।

यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन्। युक्रेनका इरपिन, बुका, होस्टमेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बीबीसीले जनाएको छ।

युक्रेनका राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले भने रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कव्जा गर्न चाहेको बताउनुभएको छ। एउटा भिडियो सन्देशमा जेलेन्स्कीले किभबाट सेना पछि हटेपनि डोनबास तथा दक्षिण क्षेत्रमा कव्जा गर्न प्रयास हुनसक्ने भन्दै सतर्क रहनुपर्ने बताउनुभएको छ।

kumari

प्रकाशित: Apr 03, 2022| 07:45 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।