शुक्रबार, फागुन २२, २०८२

श्रीलंकामा देशव्यापी कर्फ्यू जारी

श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको हो।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको हो। 

राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्ति मार्फत जनाएको छ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन्। सरकारले शुक्रबारदेखि नै आपतकाल  घोषणा गरिसकेको छ। 

गएको बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसपछि आपतकाल लागू भएको थियो। आपतकालका बाबजुद प्रदर्शन नियन्त्रणमा राख्न नसकेपछि कर्फ्यू लागु गरिएको हो ।

विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो। 

kumari

शहरमा सेना परिचालन गरिएको छ। अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Apr 03, 2022| 07:13 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।