सोमबार, वैशाख १४, २०८३

आपतकाल घोषणापछि श्रीलंकामा ३६ घण्टे कर्फ्यु

श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यु लगाइएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

National life
kumari

काठमाडौं- श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यु लगाइएको छ। आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यु घोषणा गरेको हो।

स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि देशव्यापी कर्फ्यु लगाइएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनुपर्ने बताउँदै आएका छन्।

त्यहाँ शुक्रबारदेखि नै आपतकाल  घोषणा गरिएको छ। सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन्।

प्रकाशित: Apr 03, 2022| 07:13 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।