सोमबार, वैशाख १४, २०८३

वेपत्ता युक्रेनी पत्रकार किभ नजिकै मृत अवस्थामा फेला

युक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

किभ- युक्रेनले शनिबार फोटोग्राफर तथा वृत्तचित्र निर्माता मक्स लेविन राजधानी कीभ नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ।

National life

दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप युक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दाबी गरेका छन्। 

राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए। उनले भने, 'लेविन कीभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए । उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँ नजिकै फेला परेको छ।'

टेलिग्रामको वक्तव्यमा भनिएको छ, 'प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ।'

युक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो।

kumari

प्रकाशित: Apr 02, 2022| 23:00 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।