शुक्रबार, फागुन २२, २०८२

रुसको तेल भण्डारमाथि युक्रेनले आग्रमण गर्दा आगलागी

रुसको एक तेल भण्डारमाथि युक्रेनले आक्रमण गरेको छ। बेलगोरोड स्थित एक तेल भण्डारणमा लागेको आगोलाई अग्नि नियन्त्रकहरूले निभाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- रुसको एक तेल भण्डारमाथि युक्रेनले आक्रमण गरेको छ। बेलगोरोड स्थित एक तेल भण्डारणमा लागेको आगोलाई अग्नि नियन्त्रकहरूले निभाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।

स्थानीय गभर्नरले दुईवटा युक्रेनी हेलिकोप्टरले तेल भण्डारमाथि हवाई आक्रमण गरेको बताएका छन्।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभदेखि उत्तरमा पर्ने बेलगोरोडमा करिब तीन लाख ७० हजार जना बसोबास गर्छन्।

बीबीसीले एक भिडिओ सार्वजनिक गर्दै आगलागी भएका दृश्य देखाएको छ। तर, आक्रमण कसले गर्‍यो भन्ने पुष्टि गर्न सकेको बीबीले जनाएको छ।

प्रकाशित: Apr 02, 2022| 12:47 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।