शुक्रबार, फागुन २२, २०८२

युक्रेनी सहर मारियापोल खाली गर्न दुवै देश सहमत

'यो प्रयास निक्कै असहज थियो। र अझ पनि असहज नै छ,' वाटसनले भनेका छन्, 'सुरक्षित तरिकाले सबै काम गर्न सकिन्छ भनेर विश्वस्त हुन सकिने अवस्था छैन। अप्ठेरोमा परेका हजारौँलाई सुरक्षित रूपमा बाहिर ल्याउन सकिने हामीले विश्वास गरेका छौँ।'
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

किभ (युक्रेन)- रुसको पूर्वी क्षेत्र मारियापोल खाली गर्न रुस र युक्रेनका उच्च अधिकारीहरू सहमत भएका छन्।  मारियापोल खाली गराउने प्रयास दुवै देशका उच्च अधिकारीले स्वीकृत गरेको रेडक्रसको इन्टरनेसनल कमिटी (आईसीआरसी)ले जानकारी दिएको छ।

आईसीआरसीले शुक्रबारै नै मारियापोलमा अप्ठेरोमा गुज्रिरहेका ५४ युक्रेनी बस र निजी कारलाई सुरक्षित स्थानतर्फ लैजान सकिने विश्वास व्यक्त गरको छ। 

मारियापोल खाली गर्न दुवै देशका अधिकारीहरू सहमत भएपनि मानवीय सहायता गर्नका लागि आईसीआरसीले अनुमति पाएको छैन। मेडिकल सामग्री विना नै आईसीआरसी टोली त्यसतर्फ लागेको प्रवक्ताले इवान वाटसनले स्विट्जरल्यान्डको जेनेभामा पत्रकारहरूसँगको कुराकानीमा बताएका छन्। 

'यो प्रयास निक्कै असहज थियो। र अझ पनि असहज नै छ,' वाटसनले भनेका छन्, 'सुरक्षित तरिकाले सबै काम गर्न सकिन्छ भनेर विश्वस्त हुन सकिने अवस्था छैन। अप्ठेरोमा परेका हजारौँलाई सुरक्षित रूपमा बाहिर ल्याउन सकिने हामीले विश्वास गरेका छौँ।'

प्रकाशित: Apr 01, 2022| 15:51 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।