शुक्रबार, फागुन २२, २०८२

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

किभ- अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ।

बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ। 'हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,' जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ।

राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उहाँले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए। 

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ।

अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ। 

kumari

प्रकाशित: Apr 01, 2022| 00:30 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।