शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभावको सामना गर्ने

खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

इस्लामावाद- पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन्।

खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए)ले जानकारी गराएको हो।

प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको सुरुमा २० प्रतिशतदेखि २७ प्रतिशतसम्म पानीको आपूर्तिको अभाव हुन सक्ने बताएको हो।

यद्यपि खरीफको समय यो अभाव  आठ प्रतिशतदेखि १० प्रतिशत हुने सम्भावना रहेको सरकारी छ स्रोतलाई उद्धृत गरी द नेशनले लेखेको छ।

हालैका वर्षहरूमा पाकिस्तानमा पानीको सङ्कट झन्झन् खराब हुँदै गइरहेको छ। पाकिस्तानले पिउने पानी, शिक्षा र चिकित्सा सुविधालगायत आधारभूत आवश्यकताहरूसँग संघर्ष गरिरहेको छ। 

kumari

आईआरएसए खानेपानी सम्झौता १९९१ ले वर्षमा दुई पटक, खरीफ र रबि ऋतु सिजनको लागि देश र प्रान्तीय हिस्सामा पानीको व्यवस्थापन गरेको छ। रबी मौसम अक्टोबर १ देखि सुरु हुन्छ र मार्च ३१ मा अन्त्य हुन्छ भने खरिफ अप्रिल १ देखि सुरु भई सेप्टेम्बर ३० सम्म जारी रहन्छ। 

‘द नेशन’ले रिपोर्ट गरेअनुसार बालोचिस्तान र खैबर पख्तुनख्वाको पानीको हिस्सालाई भने कटौती गर्न नपाइने सम्झौतामा उल्लेख छ।

प्रकाशित: Apr 01, 2022| 05:00 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।