शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान ३ अप्रिलसम्म स्थगित

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदान ३ अप्रिलसम्म स्थगित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार हुनसक्ने बताइएको मतदान अप्रिल ३ (आइतबार) का लागि सरेको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि बिहीबार हुनसक्ने बताइएको मतदान अप्रिल ३ (आइतबार) का लागि सरेको छ। 

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न जम्मा भएलगत्तै पाकिस्तानको राष्ट्रिय सभाको कारवाही अप्रिल ३ सम्मका लागि स्थगित भएको घोषणा गरिएको हो। 

उपसभापति सादिक संजरानीका अनुसार ‘सदस्यहरूले प्रश्नहरूको जवाफ दिँदै थिएनन् र स्थिति पनि ठीक थिएन।’ राष्ट्रियसभा सचिवालयले आजको (बिहीबार) कार्यसूचीका लागि अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार राति सो आदेश जारी गरेको जियो टीभीले जनाएको छ। यसअघि सोमबार पाकिस्तान मुस्लिम लिग (पिएमएल–एन) का अध्यक्ष शाहबाज सरिफले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 

यो कदमसँगै इमरान खान अविश्वास प्रस्तावको सामना गर्ने तेस्रो पाकिस्तानी प्रधानमन्त्री बन्नुभएको छ। इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रियसभामा टेबुल हुँदा उनीसँग अहिले कूल १६१ सदस्य छन् र विपक्षमा बहुमत छ भनी विपक्षी दलहरूले दाबी गर्दै आएका छन्।

प्रधानमन्त्री खानविरुद्ध खुल्ला रुपमा पीटीआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन्। मुत्तहिदा काउमी मुभमेन्ट – पाकिस्तान (एमक्यूएम–पी)ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उहाँको बहुमत गुमेको बताइएको छ। 

kumari

पाकिस्तानको संसद्को तल्लो सदनमा पाकिस्तानी सरकारले आफ्नो बहुमत गुमाएको पाकिस्तानी जियो टिभीले विपक्षी नेताहरूलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ। 

पाकिस्तानी राष्ट्रिय सभाको कूल क्षमता ३४२ सदस्यीय छ। बहुमतको लागि १७२ मत आवश्यक पर्छ। पीटीआई नेतृत्वको गठबन्धन १७९ सदस्यको समर्थनमा गठन भएको थियो। तर, अहिले एमक्यूएम–पीले पीटीआईसँगको गठबन्धन छोडेपछि उससँग अब १६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा १७७ जना समर्थक रहेका छन्।यसैबीच संसद्मा आफूविरुद्धको अविश्वास प्रस्तावमाथिको बहस स्थगित भएसँगै प्रधानमन्त्री इमरान खानले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

पाकिस्तानको इतिहाँसमा कुनै पनि प्रधानमन्त्रीले पूर्ण अवधि सत्ता सञ्चालन गर्न सकेका छैनन्। खानले सन् २०१८ मा निर्वाचित भएदेखि नै आफ्नो शासनका लागि अहिले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको छ। विरोधीहरूले उनलाई आर्थिक दुरुपयोग र विदेश नीति भंग गरेको आरोप लगाएका छन्।

प्रकाशित: Apr 01, 2022| 05:30 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।