सोमबार, वैशाख १४, २०८३

पाकिस्तानी प्रधानमन्त्री खानले विश्वासको मत गुमाए

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्‍मा विश्वासकाे मत गुमाएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद्‍मा विश्वासकाे मत गुमाएका छन्। 

National life

प्रधानमन्त्री खानविरुद्ध गत महिना अविश्वास प्रस्ताव पेस भएको थियो।। प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग (एन–पीएमएलएन) ले त्यहाँको राष्ट्रियसभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो।

१४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको थियो। पाकिस्तानको संविधानअनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुनका लागि सामान्य बहुमत भए पुग्छ। ३४२ सदस्य रहेको राष्ट्रियसभामा अविश्वास प्रस्ताव पारित भएपछि खानको पद जाने भएको छ।

खानको पार्टीसँग राष्ट्रियसभामा १५५ सिट मात्रै छ। उनले केही साना दलसँग मिलेर सरकार बनाएका हुन्। गत वर्ष मार्चमा खानले विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १७८ भोट पाएका थिए। 

प्रकाशित: Mar 30, 2022| 11:05 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।