मंगलबार, वैशाख २५, २०८१

प्रधानमन्त्री, भ्युटावर र भुइँमान्छे

भ्रष्टाचार न्यूनीकरण तथा रोकथामको जिम्मा पाएका निकाय कि त तपाईंजस्ता बाहुबलीको छायामा निकम्मा छन्, कि त आफैं दूषित छन्। छोटोमा भन्नुपर्दा देशको नियति योभन्दा फरक छैन, प्रधानमन्त्रीज्यू!
 |  शनिबार, जेठ १५, २०७८

सत्यराज जोशी

सत्यराज जोशी

शनिबार, जेठ १५, २०७८

प्रधानमन्त्रीज्यू! असंख्य नेपाली जस्तै म एक भुइँमान्छे हुँ। तर, मलाई माफ गर्नुहोला, यो आलेख लेख्दै गर्दा यो भुइँमान्छेमा तपाईंलाई सम्माननीय भन्ने सम्मान भाव नै आएन। सम्मानभाव नै प्रकट नभएको कुरालाई कृत्रिम रूपमा प्रकट गर्दा म पनि तपाईंजस्तै फगत छद्मभेषी बन्न सक्ने डर लाग्यो। त्यसैले, सत्य बोल्ने प्रतिज्ञासहित तपाईंको पदीय मर्यादासँग जोडिएको सम्माननीय पद यो आलेखभर हटाइएको छु। 

triton college

प्रधानमन्त्रीज्यू, हुन त तपाईंलाई 'बा'शब्दको सम्बोधन पनि औधी मन पर्छ रे! तर, तपाईंमा मैले बुझेको 'बा' मा हुनुपर्ने कुनै पनि गुण, ममता, स्नेह, करुणा र प्रेम नदेखेपछि यो शब्द पनि प्रयोग गरेको छैन। यसको लागि पनि माफ गर्नुहोला। प्रधानमन्त्रीज्यू, अब लागौं, तपाईंले हालसालै घोषणा गरेको राम जन्मभूमिभित्र अवस्थित देशको कथा, व्यथा र नियतितिरै। 

प्रधानमन्त्रीज्यू, तपाईंले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नुभयो। केका लागि गर्नुभयो/किन गर्नुभयो (?) जस्ता विषयमा म अहिले गईनँ, किनकी राज्यको एक भुइँमान्छे नागरिक नै सही, मेरा पनि आफ्नै भूमिका, सीमा, दायित्व र कर्तव्य छन्। तपाईं जस्तो बेलगाम बाहुबली म आफू नभएको स्वीकार गरी हाल यो विषय अदालतमा प्रवेश गरेकोले अदालती प्रक्रियाबाट अन्तिम निर्णय नभएसम्म यहीँ पूर्णविराम गरेको छु। यसका 'प्रोज एन्ड कोन्स'को मूल्यांकन गर्ने जिम्मा भविष्यलाई थाती राख्दै अब भने मूल विषयमै प्रवेश गरौं।

 भ्रष्टाचार न्यूनीकरण तथा रोकथामको जिम्मा पाएका निकाय कि त तपाईंजस्ता बाहुबलीको छायामा निकम्मा छन्, कि त आफैं दूषित छन्। छोटोमा भन्नुपर्दा देशको नियति योभन्दा फरक छैन, प्रधानमन्त्रीज्यू!

प्रधानमन्त्रीज्यू, तपाईं मान्नुहोस् वा नमान्नुहोस्, देश गम्भीर भुमरीमा छ। तपाईंले अर्बौं खर्च गरेका 'भ्युटावर'बाट त्यो देखिन्छ वा देखिन्न त्यो त तपाईंलाई नै थाह होला। तर आज सारा नेपाली समाज रोग, शोक, प्रियजनको वियोग र भोकमा विभक्त भएको यो भुइँमान्छेको नाङ्गो आँखाले  देखेको छ, अनुभूति गरेको छ। विभक्त समाजलाई जोड्ने दायित्व लिएकाहरू आफैं लूट, गुट, फूट र झुटको निकृष्ट राजनीति/कूटनीति गर्दै सभ्य समाजका सर्वमान्य मर्यादा भंग गर्न तछाडमछाड गरिरहेका दृश्य यत्रतत्र-सर्वत्र छन्। स्वीकार गर्नुहोस् वा अस्वीकार, आँखा खोल्नुहोस् वा बन्द; यस्तो अवस्था सिर्जना हुनुको प्रमुख पात्र/चरित्रको रूपमा तपाईंको भूमिका तपाईंले निर्माण गरेका भ्यूटावरभन्दा उच्च छ। किनकि, तपाईं देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्री र सबभन्दा ठूलो साम्यवादी दलको एकल अध्यक्ष जो हुनुहुन्छ। 

corrent noodles
Metro Mart

प्रधानमन्त्रीज्यू, तपाईंले देख्नुहुन्छ कि नाई, तर यो भुइँमान्छे प्रष्ट देखिरहेको छ। एकातिर, कोभिड-१९ को महामारीले देशलाई शोक, व्याधि र संकटको भिरालोमा नित्य लपेटिरहेको छ भने अर्कोतिर देश र जनताको नाममा सेवा गर्छु भन्नेहरुले नै देश र जनताको हितप्रति आँखा चिम्लिदै शक्ति-सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको चरम दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत वा गुटगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले नयाँ उचाई कायम गरेको अवस्था छ। 

अझ निरन्तर झांगिदै गएको 'कात्रोमा पनि भ्रष्टाचार'ले राजनीति, समाज,  प्रशासनलगायत राज्यका सबै संयन्त्रलाई दूषित बनाएको मात्र होइन, उन्नति-प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइलासमेत उठ्नै नसक्ने गरी 'प्यारालाइज्ड' गरिसकेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरासिद्ध भइसकेको छ। आज राज्यमा त्यस्तो कुनै संस्था/संयन्त्र छैन, जहाँ भ्रष्टाचारको दुर्गन्ध नहोस्। परिणामस्वरूप राज्यका सबै संयन्त्र, संस्था र कानुनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। भ्रष्टाचार न्यूनीकरण तथा रोकथामको जिम्मा पाएका निकाय कि त तपाईंजस्ता बाहुबलीको छायामा निकम्मा छन्, कि त आफैं दूषित छन्। छोटोमा भन्नुपर्दा देशको नियति योभन्दा फरक छैन, प्रधानमन्त्रीज्यू!

हुन त तपाईं 'प्रश्न सोध्ने विद्वानलाई थला पार्छु' भन्नुहुन्छ।  सके तपाईंका अनेकौँ तर्क/वितर्क र कूतर्कले नसके तपाईंका अरिङ्गालको डसाईले भएपनि विद्वानहरू थला परेकै छन्।

प्रधानमन्त्रीज्यू, अहँ यी कुराहरु तपाईं स्वीकार गर्न तयार हुनुहुन्न। किनकि तपाईंको रामराज्यमा सब ठिकठाक चलिरहेको छ। अघिल्लो पटक निर्वाचनमा जनतासँग मत माग्दै गर्दा तपाईंले पानीजहाज, रेल, घरघरमा ग्यासको पाइप जोड्ने मात्र होइन, तपाईंको गिदी र मुखारबिन्दुले भ्याएसम्म सबै दिन्छु भन्नुभो। तपाईंको निगाह  जस्ता असंख्य भुइँमान्छेले पत्याए र तपाईं जङ्गबहादुरपछिकै सबभन्दा शक्तिशाली प्रधानमन्त्री बन्नुभयो। 

अजिङ्गरकै स्वरुपको शक्ति लिएर दुई तिहाईको प्रधानमन्त्री पदमा विराजमान हुँदादेखि आज आफ्नै मतिले नाङ्गो रूपमा देखिने गरी कीर्ते/जालसाजी प्रधानमन्त्रीसम्म आइपुग्दा आखिर नेपाली जनताले के पाए? एकाध भ्युटावर वा अरु केही? इतिहासको लागि भएपनि यो निर्मम प्रश्नको उत्तर खोज्नैपर्ने हुन्छ प्रधानमन्त्रीज्यू। 

हुन त तपाईं 'प्रश्न सोध्ने विद्वानलाई थला पार्छु' भन्नुहुन्छ। सके तपाईंका अनेकौँ तर्क/वितर्क र कूतर्कले नसके तपाईंका अरिङ्गालको डसाईले भएपनि विद्वानहरू थला परेकै छन्। सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा सर्वप्रथम देखापरेको कोभिड-१९ को विषाणुले नेपालमा पनि महामारीको रुप लिने प्रशस्त आधार बताइरहँदा तपाईंले नेपालका मात्र होइन, विश्वका सबै विद्वानलाई थला पार्दै 'कोरोना सामान्य रुघाखोकी हो, हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, खोकेर उडाइदिनु पर्छ, बेसारपानी खानुपर्छ' भन्ने परमादेश जारी गर्नुभयो। कोरोना कम्तीमा देशभित्रको राजनीति थिएन, रोग थियो भन्ने कुरालाई 'बाल मतलब' दिँदै तपाईंले नेपालमा एक जना पनि कोरोनाको कारण मृत्यु नभएको भनेर संसदमै दलील पेस गर्नुभयो। जबकि, त्यो बेला सयौं नेपालीले यही भाइरसको कारण ज्यान गुमाइसकेका थिए। 

नियति यहीँ अड्किएन प्रधानमन्त्रीज्यू, आज यही महामारीको कारण तपाईंकै तथ्यांक अनुसार ७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अझ कयौंले त तपाईंलाई नसोधी प्राण त्याग गरेका छन्।

यति मात्र होइन प्रधानमन्त्रीज्यू, तपाईंले नेपालीको अद्भुत प्रतिरोधी क्षमता छ, नेपालको भूमिमा आए कोरोना आफैँ कायल भइसक्छ भनेर देशबासीका नाममा सम्बोधन नै गर्नुभयो। नेपालीको रोग प्रतिरोधी क्षमता कसरी बलियो (?) भन्दा 'मैले भनेपछि बलियो, सुन्नुभएन!' जस्ता कुतर्कले विद्वानहरू थला परेकै हुन्। 

नियति यहीँ अड्किएन प्रधानमन्त्रीज्यू, आज यही महामारीको कारण तपाईंकै तथ्यांक अनुसार ७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अझ कयौंले त तपाईंलाई नसोधी प्राण त्याग गरेका छन्। अर्थात्, तपाईंले पेस गर्ने प्रतिवेदनमा तिनीहरुको नाम उल्लेख गरिने छैन। सायद, तपाईंको रामराज्यमा भुइँमान्छेको जीवनको कुनै मूल्य छैन/थिएन/रहेन। 

प्रधानमन्त्रीज्यू, कोरोनाको विभीषिका र त्यसको कहरले सारा नेपाली तन, मन र जन आक्रान्त भइरहेको पृष्ठभूमिमा तपाईंको बालहठ भने नयाँ उचाई र नयाँनयाँ अवतारमा निरन्तर क्रमभंगता गर्दै एकपछि अर्को स्वरुपमा प्रकट भइरहेको देखिन्छ। लाखौं भुइँमान्छेहरु एक घुट्की सास, एक मुठ्ठी गाँस र  जिजीविषा रक्षार्थ यो महाविनाशकारी प्रकोपसँग जीवनमरणको संघर्ष गर्दैगर्दा पनि तपाईंबाट प्रकट हुने अराजकतालाई सामान्य जनजिब्रोको भाषामा बुझ्न सकिँदैन, बुँझाउन पनि सकिँदैन। यो ज्यादा विराट, वैभवशाली र विकराल छ। यो सत्य राजनीति, नियति, इतिहास र वास्तविकताभन्दा माथि, टाढा, पर र पृथक् छ प्रधानमन्त्रीज्यू। 

प्रधानमन्त्रीज्यू, आजकाल तपाईं आफ्नै प्रिय थेगो 'सुखी नेपाली: समृद्ध नेपाल'बाट आफैं सन्तुष्ट हुनुहुन्न अरे! सुन्छु; कुर्सी फेरिने हो कि भन्ने पिरलोले तपाईंलाई पनि हामी 'कोरोना मरिज'जस्तै पलपल हन्हन्ती ज्वरो आउँछ अरे। हुन त यसमा तपाईंका पनि आफ्नै दुखेसो, कथा-व्यथा होलान् तर किन र कसरी यस्तो अवस्था सिर्जना भयो प्रधानमन्त्रीज्यू? कहिल्यै ईश्वर, देश र जनताको नाममा सत्य निष्ठापूर्वक प्रतिज्ञा गरेर आफ्नै आत्मसमीक्षा गर्नुभएको छ? 

विकास तथा समृद्धि भनेको नागरिकको मनमुटु जोड्ने काम हो, उनीहरुको सामर्थ्य विस्तार र आत्मसम्मान अभिवृद्धि गर्ने काम हो। उनीहरूको गोपनीयताको रक्षा गर्ने गर्ने काम हो, हरहालतमा राज्यका नागरिकहरुको ज्यान/धनको सुरक्षा गर्ने काम हो र उनीहरुको स्वाभिमान उँचो गर्ने साझा प्रयत्न हो भन्ने कुरा बुझ्नुपर्थ्यो।

हुन त तपाईं अरुका कुरा सुन्नुहुन्न। तरपनि हामी भुइँमान्छे न पर्‍यौँ, जे देख्छौँ, त्यही बोल्छौँ। जे अनुभूति हुन्छ, त्यही प्रकट गर्छौँ। मान्नुस् या नमान्नुस्, पहिलो त तपाईंको राजकाजको शैली नै  ठिक थिएन, प्रधानमन्त्रीज्यू। तपाईंमा एक असल र सभ्य शासकमा हुने गुण कम र स्वेच्छाचारिता तथा अहंकार बढी छ। दोस्रो, तपाईंको अर्थ-सामाजिकको रुपान्तरणको सोच नै एकाङ्गी छ। केही किलोमिटर सडक कालोपत्रे र दर्जनौं भ्युटावर बनाएर गरिबीको आयतन/परिधि खुम्च्याउन सकिन्नथ्यो प्रधानमन्त्रीज्यू। त्यसको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन जस्ता जनजीवनका मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सक्नुपर्थ्यो। 

विकास तथा समृद्धि भनेको नागरिकको मनमुटु जोड्ने काम हो, उनीहरुको सामर्थ्य विस्तार र आत्मसम्मान अभिवृद्धि गर्ने काम हो। उनीहरूको गोपनीयताको रक्षा गर्ने गर्ने काम हो, हरहालतमा राज्यका नागरिकहरुको ज्यान/धनको सुरक्षा गर्ने काम हो र उनीहरुको स्वाभिमान उँचो गर्ने साझा प्रयत्न हो भन्ने कुरा बुझ्नुपर्थ्यो। त्यसको लागि राष्ट्रिय जीवनका सबैपक्षलाई जोड्ने ऋषिमन आवश्यक थियो प्रधानमन्त्रीज्यू! तर, तपाईंको यात्रा विल्कुल उल्टो दिशातिर रह्यो। अझ राष्ट्रियताको सबालमा त नकावधारी उग्रराष्ट्रवादको भुंग्रोभित्र आज देश बेस्सरी निसास्सिएको अवस्था छ। 

यो बेला पनि कति आलोचनात्मक कुरा गरौं बरु तपाईंले गरेका राम्रा कुराहरू लेखौं भनेर यो आलेख लेख्न सुरु गरेको थिएँ प्रधानमन्त्रीज्यू। तर, माफ गर्नुहोला, बोकाको शैलीले दाइँ गरिँदैन र दाइँ गर्न गोरुकै शैली चाहिन्छ भन्ने तपाईंको उखानलाई मूल अर्ति मानी तपाईंले नै निर्माण गरेको अरबौंको भ्यूटावरको फेदबाट एक भुइँमान्छेको आँखामा मैले जे देखेँ त्यही कोर्ने प्रसास मात्र गरेको हुँ। अब तपाईं केलाई सत्य मान्नुहुन्छ, केलाई नियति, तपाईंकै मर्जी!

प्रकाशित: May 29, 2021| 04:45 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...