बिहीबार, जेठ २८, २०८३

एमाले महाधिवेशन : आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या

 |  सोमबार, मंसिर १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०८२

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन्।

National life

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट नगर्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताए।

उनका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन्। ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने ढुङ्गले बताए।

शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रम थियो। समितिका सचिव ढुङ्गेलले अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको र छनोट भएका प्रतिनिधिको विवरण पार्टीको प्रदेश कार्यालयमा सङ्कलन गरी भोलिसम्म पठाउन निर्देशन दिएको जानकारी दिए।

महाधिवेशनका लासग करिब दुई हजार २०० प्रतिनिधि छनोट भएको उनले बताए। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुन्छन्। यही मङ्सिर २७ देखि २९ गतेसम्म एमाले महाधिवेशन हुँदैछ।

Shivam cement

 

प्रकाशित: Dec 01, 2025| 07:40 सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्