शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच बन्दुकधारीको मृत्यु

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच बन्दुकधारीको मृत्यु

इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच जना बन्दुकधारीको ज्यान गएको छ। इजरायलको तेल अभिभमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- इजरायलमा प्रहरीको गोली प्रहारबाट पाँच जना बन्दुकधारीको ज्यान गएको छ। इजरायलको तेल अभिभमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

तेल अभिभमा मंगलबार गोलीकाण्ड भएको हो। हप्ता दिनभित्रै इजरायलमा तेस्रोपटक अन्धाधुन्ध गोली प्रहार भएको छ।

अति–रुढिवादी यहुदीको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोलीकाण्ड भएको बताइएको छ।

यसअघि इजरायली अरब समूहले मंगलबार र आइतबार गरेको आक्रमणबाट ६ जनाको ज्यान गएको थियो।

बन्दुकधारीले आफ्नो अटोमेटिक हतियार निकालेर सर्वसाधारणमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तेल अभिभको सुरक्षा व्यवस्था कडा पारिएको छ।

kumari

प्रकाशित: Mar 30, 2022| 09:04 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।