शुक्रबार, फागुन २२, २०८२

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

जेरुसेलम - इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ। उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ।

'प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका  पछि सार्वजनिक गरिनेछ,' प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उहाँको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो।  

दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो। उहाँले पहिलो पटक भारतको भ्रमण गर्न लागेका थिए। 

प्रधानमन्त्री बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको प्रधानमन्त्रीको कार्यालयले सोमबार सार्वजनिक गरेको थियो। प्रधानमन्त्रीको कार्यालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो।

kumari

'हिस्टोरिक समिट'का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्। समिट इजरायलको जेरुसेलममै भएको थियो।

उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ।  

प्रकाशित: Mar 30, 2022| 05:30 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।