सोमबार, वैशाख १४, २०८३

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’!

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

नयाँ दिल्ली- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।

National life

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे। स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ।'

उनले थपे, 'यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो। शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ।'

‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उनले बताए। दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२–२३ का लागि ७५.८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। गत वर्षको बजेट ६९ करोड रूपैँयाको थियो।

प्रकाशित: Mar 30, 2022| 05:00 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।