शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • शान्ति सम्झौताका लागि तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : जेलेन्स्की

शान्ति सम्झौताका लागि तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

किभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन्।  यद्यपि यूक्रेनले तटस्थताका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने शर्त राखेको छ। 

जेलेन्स्कीको उक्त भनाइ स्वतन्त्र रूसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको बीबीसीले जनाएको छ। यूक्रेनी राष्ट्रपतिले रूसी हमलाले युक्रेनको रूसी भाषा बोलिने शहरहरू पनि ध्वस्त पारेको बताएका थिए। 

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुनेछ। त्यस्तै यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी मागलाई स्वीकार गर्न नसकिने बताएका छन्।

उनले भने, 'अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ।'

प्रकाशित: Mar 29, 2022| 06:00 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।