शुक्रबार, फागुन २२, २०८२

मध्य मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ। उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

मेक्सिको सिटी- मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ।

स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान करिब १०:३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको र अन्य दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ।  उक्त घटनामा मृत्यु हुनेमा १६ पुरूष र तीन महिला रहेका बताइएको छ।

मिकोआक्यान राज्यको लस टिनाजा शहरमा उत्सवका लागि भएको जमघटमा दुई समूहबीच विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले बताएका अभियोजनकर्ताको कार्यालयलाई जानकारी प्राप्त भएको छ। 

आक्रमणको सूचना पाएपछि अपराध दृश्य तथा विशेषज्ञ सेवा एकाइका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुग्दा गोली लागि १६ पुरुष र तीन महिला मृत अवस्थामा फेला परेका एफजीइले जानकारी गराएको छ। 

आक्रमणमा घाइते भएका अन्य दर्जनौँ मानिसलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ। घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै अधिकारीले घटनाबारे थप विवरण दिन इन्कार गरेका छन्। 

kumari

प्रकाशित: Mar 28, 2022| 23:20 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।