शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसमा समाहित हुने विषयमा युक्रेनको लुहान्स्कमा जनमत संग्रहको तयारी!

रुसमा समाहित हुने विषयमा युक्रेनको लुहान्स्कमा जनमत संग्रहको तयारी!

रुसले कब्जा गरेका पूर्वी युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कमा जनमत संग्रहको तयारी गरिएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- रुसले कब्जा गरेका पूर्वी युक्रेनको पूर्वी क्षेत्र लुहान्स्कमा जनमत संग्रहको तयारी गरिएको छ। युक्रेनी भूभाग भएपनि रुसले कब्जा गरेपछि छुट्टै राज्यको मान्यता दिँदै रुसले सेना परिचालन गरेपछि लुहान्सक्ले जनमत संग्रहको तयारी गरेको हो।

रुसमा समाहित हुने वा नहुने भन्ने विषयमा जनमत संग्रह गर्न लागिएको त्यहाँका नेता लिओनिद पासेच्निकले बताएको रुसी मिडियाले उल्लेख गरेका छन्। पासेच्निक रुसको पक्षमा भएका स्थानीय नेता हुन्। 

गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको केही दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क र दोनेत्स्कलाई छुट्टै राज्यका रूपमा मान्यता दिएका थिए।  

यसअघि युक्रेनकै क्रिमिया क्षेत्रलाई पनि रुसले यसैगरी नियन्त्रणमा लिएको थियो। 

एक महिनाभन्दा बढी समयदेखि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ भने युक्रेनले प्रतिकार गरिरहेको छ। यो बीचमा युद्धविरामका लागि दुवै देशका परराष्ट्रमन्त्रीस्तरमा वार्ता भएपनि त्यसले सफलता पाउन सकेको छैन। 

kumari

प्रकाशित: Mar 27, 2022| 16:06 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।