सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा दुर्घटनाग्रस्त विमानका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा दुर्घटनाग्रस्त विमानका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि भएको छ। 

National life

विमानमा १ सय २३ यात्रु र नौ जना चालक दलका सदस्य गरी १ सय ३२ जना सवार रहेकोमा सबैको मृत्यु भएको पुष्टि शनिबार भएको हो।

चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो। २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका चिनियाँ अधिकारीहरूले गरेका थिए।

कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान गत सोमबार दिउँसो २:३८ बजे वुझाउ सहरको टेङ्कसियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

बुधबार उक्त विमानको ब्ल्याक बक्स फेला परेको थियो। ब्ल्याक बक्समा विमानका सबै डाटा र पाइलटले गरेका कुराकानीको रेकर्ड रहने भएकाले दुर्घटनाको कारण पत्ता लाग्ने विश्वास गरिएको छ।

kumari

प्रकाशित: Mar 27, 2022| 09:15 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।