शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संसद् सदस्यको आवश्यक संख्या नपुग्दा इराकमा राष्ट्रपतिको मतदान पुनः सर्‍यो

संसद् सदस्यको आवश्यक संख्या नपुग्दा इराकमा राष्ट्रपतिको मतदान पुनः सर्‍यो

यसअघि फेब्रुअरी ७ तारिखका लागि तय भएको उक्त निर्वाचन कुर्दिस्तान डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका हुश्यार झबारीलाई कानुनी विवाद देखाएर निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्ने षड्यन्त्र भएको भन्दै उनका समर्थक तथा शुभचिन्तकले विरोध गरेपछि अवरूद्ध भएको थियो।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

बगदाद- इराकको संसद्ले आवश्यक सांसद सदस्यको अभावमा नयाँ राष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार सम्पन्न हुन सकेन।

National life

यसअघि फेब्रुअरी ७ तारिखका लागि तय भएको उक्त निर्वाचन कुर्दिस्तान डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेका हुश्यार झबारीलाई कानुनी विवाद देखाएर निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्ने षड्यन्त्र भएको भन्दै उनका समर्थक तथा शुभचिन्तकले विरोध गरेपछि अवरूद्ध भएको थियो।

गत अक्टोबरको आम निर्वाचनमा न्यून मतदान भएको, मतदान पछिका हिंसा धम्कीलगायतका कारण अन्तिम परिणाम पुष्टि हुन समय लागेकोल थियो। निर्वाचनमा स्पष्ट बहुमत कसैको पक्षमा नआएपछि इराकमा राजनीतिक अन्योल कायम भएको थियो।

मुस्तफा अल–काधेमीलाई सफल पार्न नयाँ प्रधानमन्त्रीमा सहमति गर्न राजनीतिक समूहहरूबीच तीव्र वार्तापछि बहुमतसहितको संसदीय गठबन्धन बन्न सकेको छैन।

मोक्तादा साद्रको नेतृत्वमा रहेको सबैभन्दा ठूलो राजनैतिक दलले झबारीलाई राष्ट्रपति पदका लागि समर्थन गरेपछि राष्ट्रपतीय प्रतिस्पर्धामा उहाँको स्थान सबल बनेको छ। 

Laxmi sunrise bank
kumari

शनिबारको संसद् सत्रमा कूल ३२९ सांसद सदस्यमध्ये २०२ जना मात्र मतदानका लागि उपस्थित भएपछि राष्ट्रपतिको मतदानका लागि आवश्यक संवैधानिक अड्चन देखा परेको संसद्का एक अधिकारीले एएफपीलाई आफ्नो नाम नबताउने शर्तमा बताए। संबिधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन कम्तीमा दुई तिहाई सदस्य उपस्थित हुन आवश्यक छ। संसद्‌को आगामी अधिवेशन बुधबारका लागि बोलाइएको छ। 

प्रकाशित: Mar 26, 2022| 23:30 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।