रियो द जेनेरियो- ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ। ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, 'अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाव दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ।'
विदेश मन्त्री कार्लोस फ्रांकाले बिहीबारको सिनेट बैठकमा भने, 'हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामारूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ। त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ।'
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थव्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने बिषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो।
रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनुपर्ने बताएका छन्। तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ। जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहनेछ।
फ्राङ्काले भने, 'शान्ति र सुरक्षाका विषयहरूमा बहस गर्ने ठाउँ जी–२० होइन संयुक्त राष्ट्र संघ हो। अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सबै अन्तर्राष्ट्रिय मञ्चहरू पूर्ण रूपमा क्रियाशील हुनु हो । यसको अर्थ रूसलगायत सबै देशहरू उपस्थित हुनु हो।
राष्ट्रपति जाइर बोल्सोनारोले युक्रेन द्वन्द्वमा ब्राजिल “तटस्थ“ रहन जोड दिएपछि ब्राजिलका मन्त्रीको पनि यसै लाइनमा भनाइ आएको हो।