शुक्रबार, फागुन २२, २०८२

दक्षिण कोरियाको प्रजनन दरमा लगातार पाँचौं वर्ष गिरावट

दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ। कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण कोरियाली तथ्यांकले देखाएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

सियोल- दक्षिण कोरियाको प्रजनन दरले गत पाँच वर्षमा रेकर्डको न्यूनता तोडेको छ।  कोभिडलगायतका परिस्थितिका कारण मानिसहरूले विवाह गर्न र बच्चा जन्माउनबाट अलग रहँदा प्रजनन् दरमा पनि कमी देखिएको बिहीबार सार्वजनिक दक्षिण कोरियाली तथ्यांकले देखाएको छ। 

National life

कोरियाली तथ्यांक कार्यालयका अनुसार महिलाको जीवनकालमा हुने औसत सङ्ख्याको अनुमान गर्ने प्रजनन दर वर्षमा ०.०३ बाट घटेर २०२१ मा ०.८१ पुगेको हो। सन् २०१७ देखि पाँचौ वर्षको लागि अघिल्लो रेकर्डको न्यूनता तोडेर सम्बन्धित तथ्याङ्क संकलन गर्न थालेदेखि यता यो सबैभन्दा कम हो। 

महामारीका कारण व्याप्त निराशा, युवा पुस्ताले छोराछोरी हुर्काउन पर्ने महँगो खर्च, युवाहरूको बेरोजगारी र आवासको बढ्दो मूल्यबीच विवाह गर्न ढिलाइ गर्दा प्रजनन दरमा उच्च न्यूनता देखिएको हो। 

सन् २०२० मा मुलुकको जनसंख्या पाँच करोड १८ लाख ४० हजार रहेकोमा सन् २०२१ मा यो पाँच करोड १७ लाख ५० हजार पुगेको बताइएको छ। प्रति परिवारका सदस्यहरूको औसत संख्या २० बर्ष पहिलेको ३.१२ बाट घटेर सन् २०२० मा २.३४ कायम भएको थियो। 

सन् २००० मा एकल परिवारको प्रतिशत १५.५ प्रतिशत रहेकोमा सन् २०१० मा यो सङ्ख्या २३.९ प्रतिशत कायम भएको थियो, जुन सन् २०२० मा ३१.७ प्रतिशत पुगेको छ। 

Laxmi sunrise bank
kumari

दक्षिण कोरियालीहरूको आयु सन् २०१४ मा ८१.८ प्रतिशत, २०१६ मा ८२.४ प्रतिशत र २०१८ मा ८२.७ प्रतिशतको निरन्तर उकालो चढ्दै सन् २०२० मा ८३.५ वर्ष कायम भएको छ। 

सन् २०२१ मा प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीहरूमा निजी शिक्षा सहभागिता दर ७५.५ प्रतिशत भएको छ। यो गत वर्षको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो। 

प्रकाशित: Mar 25, 2022| 05:00 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।