शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

पाकिस्तान र अफगानिस्तान भ्रमण सकेर नयाँ दिल्ली उत्रिए चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

नयाँ दिल्ली- चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेका छन्। मार्च २१ मा पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेका थिए। 

National life

अफगानिस्ता भ्रमण सकेर बिहीबार बेलुका नयाँ दिल्ली उत्रिएका हुन्। भारतीय र चिनियाँ सेनाबीच गलवान घाँटीमा भएको हिंसात्मक घटनापछि भारतमा चिनियाँ पक्षको पहिलो उच्चस्तरीय भ्रमण हो। गलवान घाँटीमा भएको भिडन्तमा २० भारतीय सेना र चार चिनियाँ सेनाको मृत्यु भएको थियो। 

चिनियाँ विदेशमन्त्रीले शुक्रबार बिहान भारतमा समकक्षी एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेट गर्ने कार्यक्रम रहेको छ। यससँगै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिक्स सम्मेलनमा सहभागी हुन निम्तोसमेत दिने भएका छन्। 

चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणको विषयमा चिनियाँ विदेश मन्त्रालय र दूतावासले भने कुनै औपचारिक जानकारी गराएको थिएन। अफगानिस्तानबाट दिल्ली उडान भरिसकेपछि मात्रै विदेशमन्त्री वाङ यी भ्रमण तय भएको निश्‍चित गरिएको थियो। दिल्ली भ्रमण सकेर चिनियाँ विदेशमन्त्री शुक्रबार बेलुका काठमाडौं ओर्लिने भएका छन्। 

प्रकाशित: Mar 24, 2022| 20:49 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।