शनिबार, साउन २, २०८३

संसारभरका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

रुसले युक्रेनमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरका मानिसलाई सडकमा उत्रिएर आफ्नो देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- रुसले युक्रेनमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरका मानिसलाई सडकमा उत्रिएर आफ्नो देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।

युक्रेनले निरन्तर रुसी बमबारी झेलिरहेको छ। यहीबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार सम्बोधन गर्दै संसारभरिका मानिसलाई सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन्।

रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको बताउँदै उनले सबै त्यसको विपक्षमा उभिनुपर्ने बताए। उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

'तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,' उनले भने।

प्रकाशित: Mar 24, 2022| 07:26 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।