शुक्रबार, फागुन २२, २०८२

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो। एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

जेरुसलेम- इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ।

National life

घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो। एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो।

इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजायँ भोगेर मुक्त भएका ब्यक्तिले आक्रमण गरेको पनि खुलेको छ।

छुरा प्रहार गर्ने ब्यक्ति एक बन्दूकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन्। आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ। इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो। 

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। आक्रमणपछि आफ्ना आन्तरिक सुरक्षा मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले कथित आक्रमणकारीलाई गोली हान्नेहरूको प्रशंसा गर्दै भने, 'उनीहरूले साधन र साहस देखाए र थप घाइते हुनबाट रोके।'

Laxmi sunrise bank
kumari

'हामी आतंककारीहरूविरुद्धको लडाइमा कडा मेहनत गर्नेछौं। हामी उनीहरूका साथै उनीहरूलाई मदत गर्नेहरूलाई पछ्याउनेछौं,' बेनेटले ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा भनेका छन्। 

प्रकाशित: Mar 24, 2022| 00:00 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।