चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार भेटिएको छ। ब्ल्याकबक्स फेला परेसँगै विमान दुर्घटना हुनुको कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ।
चालक दलका सदस्यसहित १३३ जना सवार यात्रुवाहक विमान दक्षिण पश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो। बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनालगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए। उद्धारकर्ताहरुले बुधबार विमानको ब्ल्याक बक्स फेला पारेका छन्। विमान दुर्घटना हुनुमा मौसम सम्वन्धी कारण नभएको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन्।
घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन्।